२०८३, १० कार्तिक मंगलबार

निर्वाचन आयोगको कमान्ड डा. जानकीकुमारी तुलाधरको हातमा, स्थायी नेतृत्व अझै प्रतीक्षामा

निर्वाचन आयोगको कमान्ड डा. जानकीकुमारी तुलाधरको हातमा, स्थायी नेतृत्व अझै प्रतीक्षामा


काठमाडौं । निर्वाचन आयोगको नेतृत्व फेरिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी उमेर हदका कारण अवकाश भएपछि आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्।

२३ असारमा भण्डारी ६५ वर्षे उमेर पूरा गरी अवकाश भएपछि आयोगको वरियताअनुसार तुलाधर आयोगको नेतृत्वमा पुगेकी हुन्। अब स्थायी प्रमुख नियुक्ति नभएसम्म आयोगको सम्पूर्ण प्रशासनिक तथा संवैधानिक जिम्मेवारी उनले सम्हाल्नेछिन्।

भण्डारीको नेतृत्वमा गत २१ फागुन प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। तर अहिले पाँच सदस्यीय हुनुपर्ने आयोग दुई आयुक्तमा सीमित भएको छ। तुलाधरसँगै आयुक्त सगुनशमशेर जबरा मात्रै आयोगमा कार्यरत छन्।

यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको कार्यकाल सकिएपछि आयोग लामो समयदेखि पूर्ण नेतृत्वविहीन अवस्थामा सञ्चालन हुँदै आएको छ।

यसबीच संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तका लागि सिफारिस भएका उम्मेदवारमाथि सुनुवाइ प्रक्रिया अघि बढाएको छ। संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ।

सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि आयोगले पूर्ण नेतृत्व पाउने अपेक्षा गरिएको छ। त्यसअघि भने निर्वाचन आयोगको बागडोर कार्यवाहक प्रमुखका रूपमा डा. जानकीकुमारी तुलाधरले सम्हाल्नेछिन्।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  १ : ४१ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना