२०८३, १० कार्तिक मंगलबार

बझाङ जिप दुर्घटना : उद्धारका लागि हेलिकोप्टर तयारीमा, सांसद ऐन महरको पहल

बझाङ जिप दुर्घटना : उद्धारका लागि हेलिकोप्टर तयारीमा, सांसद ऐन महरको पहल


काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना भएको छ। दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको प्रतिनिधिसभा सदस्य ऐन महरले जानकारी दिएका छन्।

सांसद महरले दुर्घटनालगत्तै सम्बन्धित निकायसँग समन्वय गर्दै घाइतेहरूको शीघ्र उद्धारका लागि हेलिकोप्टर परिचालनको तयारी भइरहेको बताएका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण स्थलगत उद्धारमा कठिनाइ भएकाले हवाई उद्धारको तयारी गरिएको उनले उल्लेख गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनास्थल विकट क्षेत्रमा रहेकाले विस्तृत विवरण आउन केही समय लाग्ने उनले बताए।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनाग्रस्त बोलेरो जिपमा १५ देखि १६ जना सवार रहेको अनुमान गरिएको छ। जिप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ।

केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले दुर्घटनामा मानवीय क्षति भएको आशंका गर्दै स्थानीयवासी घाइतेहरूको उद्धारमा जुटिरहेको जानकारी दिए। उनले पनि आवश्यक परे हवाई उद्धारका लागि समन्वय भइरहेको बताए।

दुर्घटनामा परेकाहरूको यकिन अवस्था, हताहतीको संख्या तथा दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  ५ : २९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना