२०८३, १० कार्तिक मंगलबार

बझाङ दुर्घटना अपडेट : तीन जनाको मृत्यु, पाँच घाइते, उद्धारमा हेलिकोप्टर

बझाङ दुर्घटना अपडेट : तीन जनाको मृत्यु, पाँच घाइते, उद्धारमा हेलिकोप्टर


धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको पुष्टि गर्दै घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको जानकारी दिए ।

उनले भने, “हामी अहिले उद्धारमै केन्द्रित छौं। घाइतेलाई सुरक्षित स्थानमा ल्याउन हेलिकोप्टर घटनास्थल पुगिसकेको छ।” दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरूको परिचय तत्काल खुलाइएको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  ६ : ३२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना