२०८३, ९ कार्तिक सोमबार

‘म घर आउँछु, तँ पनि बिदा लिएर आइज’ : अन्तिम कुराकानी सम्झिँदा भक्कानिए दाजु

काठमाडौं । ‘म घर आउँछु, तँ पनि बिदा लिएर आइज, सँगै भेट हुन्छ।’ रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादवले दाजु सुरेन्द्र यादवसँग गरेको यही कुराकानी अहिले परिवारका लागि अन्तिम सम्झना बनेको छ। नवलपरासीको प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी हरेन्द्र बाढीपछि सम्पर्कविहीन छन्। बाढी आएको दिनसम्म सामान्य रूपमा कुराकानी गरिरहेका दाजुभाइ अहिले एकअर्काको खबर पर्खिरहेका…