२०८३, २१ भाद्र सोमबार

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक


काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ।

रसुवास्थित भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचना आएपछि आइतबार बिहान प्रहरीले नारायणगढबाट मुग्लिन हुँदै काठमाडौं र पोखरातर्फ जाने तथा ती स्थानबाट नारायणगढ आउने सवारीसाधनलाई केही समय रोकेको थियो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बहाव तत्काल जोखिमपूर्ण नरहेको जानकारी गराएपछि सडकमा यातायात पुनः सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ।

सडक खुलेसँगै नारायणगढ–मुग्लिन हुँदै काठमाडौं, पोखरालगायत गन्तव्यतर्फ जाने र आउने सबै प्रकारका सवारीसाधनलाई आवागमनको अनुमति दिइएको छ।

वर्षायाममा नदीको बहाव र पहिरोको जोखिमका कारण यो सडकखण्डमा पटक–पटक यातायात प्रभावित हुँदै आएको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ८ : ३७ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको