२०८३, २१ भाद्र सोमबार

‘म घर आउँछु, तँ पनि बिदा लिएर आइज’ : अन्तिम कुराकानी सम्झिँदा भक्कानिए दाजु

‘म घर आउँछु, तँ पनि बिदा लिएर आइज’ : अन्तिम कुराकानी सम्झिँदा भक्कानिए दाजु


काठमाडौं । ‘म घर आउँछु, तँ पनि बिदा लिएर आइज, सँगै भेट हुन्छ।’ रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादवले दाजु सुरेन्द्र यादवसँग गरेको यही कुराकानी अहिले परिवारका लागि अन्तिम सम्झना बनेको छ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी हरेन्द्र बाढीपछि सम्पर्कविहीन छन्। बाढी आएको दिनसम्म सामान्य रूपमा कुराकानी गरिरहेका दाजुभाइ अहिले एकअर्काको खबर पर्खिरहेका छन्।

नेपाल प्रहरीमा कार्यरत सुरेन्द्रका अनुसार हरेन्द्रसँग सोमबार अन्तिमपटक कुराकानी भएको थियो। कुराकानीका क्रममा हरेन्द्रले आफू घर आउने बताएका थिए। दाजुलाई पनि बिदा लिएर घर आउन आग्रह गरेका थिए।

‘म घर आउँछु, आइज तँ पनि बिदा लिएर, सँगै भेट हुन्छ,’ हरेन्द्रले भनेको कुरा सम्झिँदै सुरेन्द्रले सुनाए।

दाजु सुरेन्द्रले पनि आफू भएको ठाउँमा आउन र त्यहीँबाट सँगै घर जाने बताएका थिए। त्यसपछि हरेन्द्रले ‘ल–ल’ भनेर जवाफ दिएका थिए।

त्यही सामान्य कुराकानी नै दाजुभाइबीचको अन्तिम संवाद बन्न पुग्यो। भाइको अवस्था अझै अज्ञात रहेपछि सुरेन्द्र भावविह्वल छन्। बारम्बार त्यही अन्तिम कुराकानी सम्झिरहेका छन्। घर आउने बताएका भाइ कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने प्रश्नले परिवारलाई पिरोलिरहेको छ।

हरेन्द्रले नेपाल प्रहरीमा करिब १४ वर्ष बिताइसकेका छन्। दुवै दाजुभाइ प्रहरी सेवामै कार्यरत भएकाले परिवारमा उनीहरूको सेवाप्रति गर्व थियो। तर अहिले त्यही परिवार बाढीमा बेपत्ता हरेन्द्रको सकुशल खबरको प्रतीक्षामा छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको बेपत्ता व्यक्तिहरूको सूचीमा हरेन्द्रको नाम पनि समावेश छ। उनको अवस्था अझै अज्ञात रहेकाले परिवार खोजी तथा उद्धारको आशामा छ।

दाजुको मनमा अहिले एउटै आशा छ—अन्तिमपटक ‘ल–ल’ भनेर फोन राखेका भाइ एकदिन फेरि घर फर्केर आउनेछन्।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ११ : १३ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको