२०८३, ९ कार्तिक सोमबार

सुनाए बाढीबाट ज्यान जोगाउँदाको भयावह अनुभव

‘अगाडि जान सकिन, पछाडि भीषण बाढी थियो’ नुवाकोट । रसुवाको चिलिमे हाइड्रोपावर क्षेत्रमा आएको भीषण बाढीबाट ज्यान जोगाएका प्राविधिक तथा इन्जिनियरहरू सकुशल नुवाकोटको विदुर आइपुगेका छन्। बाढीको जोखिमबाट बच्ने क्रममा नाङ्गो खुट्टामै दौडिनुपरेको, अगाडि खसिरहेका विद्युत् प्रसारण लाइन र रूखका हाँगाबीच अल्झिनुपरेको तथा पछाडि भीषण बाढी रहेकाले अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट ज्यान जोगाउनुपरेको उनीहरूले बताएका छन्।…