ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाएको छ। एमाले केन्द्रीय सदस्य एवं कोन्ज्योसोम गाउँपालिकाका इञ्चार्ज सन्तना दाहाल न्यौपानेले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, चौघरेमा सम्पन्न नेकपा (एमाले) को वडा अधिवेशनलाई सम्बोधन गर्दै दाहाल न्यौपानेले जनताको सुख–दुःखमा एमाले सधैँ…