२०८३, १२ कार्तिक बिहीबार

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव पाङबारी हिमालको पहिलो शिविरमा हिउँले पुरिएको अवस्थामा भेटिएको हो। दुवै जनाको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको…