२०८३, ३१ श्रावण सोमबार

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण


बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार, धनगढीबाट बिहान १० बजे उडेको श्री एअरलाइन्सको फलाइट नम्बर २२२ लाई काठमाडौं पुग्ने क्रममा हाइड्रोलिक फेलियर समस्या देखिएपछि सुरक्षित अवतरणका लागि भैरहवामा अवतरण गराइएको हो।

हाइड्रोलिक प्रणाली बिग्रिएपछि विमान रनवेबाट गुड्न नसकेकाले करिब ४० मिनेटसम्म अन्य उडानहरू अवरुद्ध भएका थिए। आकस्मिक अवतरणपछि विमानका ८२ जना यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको र उनीहरूलाई काठमाडौं पुर्‍याउन अर्को विमान पठाउने तयारी भइरहेको कम्पनीले जनाएको छ। अवतरणको क्रममा विमानको अगाडिको ल्याण्डिङ गियर नखुलेको कारण विमान केही समय धावनमार्गमै रोकिएको थियो। पछि करिब साढे १२ बजे ल्यान्डिङ गियर खुलेपछि विमानलाई ट्रमिनल क्षेत्रको पार्किङमा सारिएको र अहिले विमानस्थल पुनः सञ्चालनमा आएको जानकारी दिइएको छ।

विमानको प्राविधिक निरीक्षणका लागि अहिले इन्जिनियरिङ टोली भैरहवामा खटिएको छ। श्री एअरलाइन्सका प्रवक्ताले पाइलट र चालक दलले संयमता र दक्षता प्रदर्शन गरी यात्रुहरूको ज्यान सुरक्षित राख्न सफल भएको भन्दै धन्यवाद व्यक्त गरेका छन्। यस घटनापछि विमानस्थलमा केही समय त्रासको वातावरण सिर्जना भए पनि हाल स्थिति सामान्य भएको र नियमित उडानहरू पुनः सञ्चालनमा आएका छन्।

प्रकाशित मिति : २०८२, १५ कार्तिक शनिबार  १ : ३५ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा