२०८३, १९ आश्विन मंगलबार

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार


काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेसक्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बल (एपीएफ) को माउन्टेन रेस्क्यु टिमले सफलतापूर्वक उद्धार गरेको छ।

उद्धार गरिएका पर्यटकहरूमा एकजना खुट्टामा चोट लागेका व्यक्ति, एकजना ९ वर्षीय बालक, एकजना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन्। सबैको अक्सिजन लेभल कम रहेको सशस्त्र प्रहरी बलका सह प्रबक्ता र डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धार कार्य भने साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै ९ घण्टामा सम्पन्न भएको हो। पर्वतीय उद्दार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यु टिमले विशेष माउन्टेन रेस्क्यु गियर र उपकरणहरूको प्रयोग गरेर यो जोखिमपूर्ण कार्य सम्पन्न गरेका हुन्।

सशस्त्र प्रहरी बलका अनुसार उद्धार गरिएका पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। “यो कार्य हामीले उच्च हिमाली क्षेत्रमा सामना गर्ने जोखिमहरूको तयारीको हिस्सा बनाएका छौं,” डिएसपी थापाले भने।

सशस्त्र प्रहरी बलले यस आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यु तालिम’ सञ्चालन गरेको थियो। यस तालिमको दौरान पर्वतीय उद्दार तालिम शिक्षालयका प्रशिक्षक र प्रशिक्षार्थीहरूले अश्विन महिनाको अन्तिम सातामा चुलु फार इस्ट (६,०३८ मिटर) को सफल आरोहण गरेका थिए। यसले माउन्टेन रेस्क्यु टिमको क्षमता अभिवृद्धि गरेको र भविष्यमा यस्ता घटनाहरूमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको सशस्त्र प्रहरी बलको भनाइ छ।

सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिने जनाएको छ। यस घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्वतयारीको महत्वलाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति : २०८२, १५ कार्तिक शनिबार  १० : ५८ बजे

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर

कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले