२०८३, १९ आश्विन मंगलबार

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला


कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव पाङबारी हिमालको पहिलो शिविरमा हिउँले पुरिएको अवस्थामा भेटिएको हो।

दुवै जनाको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको प्रहरीले जनाएको छ। गत बुधबारदेखि तीन इटालियन र एक नेपाली सहयोगी पहिलो र आधार शिविरबीच अलपत्र परेका थिए। उनीहरूमध्ये ६४ वर्षीय भेल्टर परलिनोलाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।

साथै, नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२, १८ कार्तिक मंगलबार  १ : ०६ बजे

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर

कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,