२०८३, २३ आश्विन शनिबार

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला


कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव पाङबारी हिमालको पहिलो शिविरमा हिउँले पुरिएको अवस्थामा भेटिएको हो।

दुवै जनाको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको प्रहरीले जनाएको छ। गत बुधबारदेखि तीन इटालियन र एक नेपाली सहयोगी पहिलो र आधार शिविरबीच अलपत्र परेका थिए। उनीहरूमध्ये ६४ वर्षीय भेल्टर परलिनोलाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।

साथै, नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२, १८ कार्तिक मंगलबार  १ : ०६ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि