२०८३, १९ आश्विन मंगलबार

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला


चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आज बिहानबाट पुनः सुचारु हुने भएको छ। न्यायिक समितिका नेता यज्ञमणि न्यौपानेका अनुसार बिहान १० बजेपछि मतदाता नामावली सार्वजनिक गरिनेछ।

नामावली प्रकाशनसँगै महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। त्यसपछि दाबी–विरोधको समय दिइने र त्यसपछि उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरिने तयारी छ।

न्यौपानेका अनुसार अब सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै पदमा उम्मेदवारी खुला गरिने सहमति भएको छ।

पार्टीभित्र सुरुमा सभापति र वरिष्ठ नेतृत्वका लागि सहमतिमार्फत टुंग्याउने प्रयास भए पनि अन्ततः स्वयम् सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पनि सबै पदमा प्रत्यक्ष प्रतिस्पर्धा (निर्वाचन) बाटै अघि बढ्ने धारणा राखेका छन्।

नेताहरूले महाधिवेशनलाई स्वस्थ प्रतिस्पर्धामा आधारित बनाउन र समूहगत ध्रुवीकरणलाई कडाइका साथ नियन्त्रण गर्ने सहमति भएको पनि बताएका छन्।

प्रकाशित मिति : २०८३, ८ असार मंगलबार  १० : ४७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि