२०८३, १९ आश्विन मंगलबार

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार बिहान सुरु हुने तय गरिएको बन्द सत्र प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण निर्धारित समयभन्दा झण्डै ८ घण्टा ढिलो भएको छ।

बिहान ८ः३० बजे सुरु हुने कार्यतालिका रहे पनि प्रतिनिधिहरूको अन्तिम सूची टुंगो लगाउन नसक्दा बन्द सत्र दिउँसोसम्म पनि सुरु हुन सकेन। मधेश प्रदेशका ९६ प्रतिनिधि छुटेको भन्दै विवाद उठेपछि प्रतिनिधिको सूची पुनः मिलान गर्नुपरेको थियो। प्रतिनिधिहरूको नाम, थर, ठेगाना लगायतका विवरणमा देखिएका त्रुटि सच्याउन पनि समय लागेको निर्वाचन समितिले जनाएको छ।

पार्टी निर्वाचन आयोगले सुरुवातमा करिब ३ हजार प्रतिनिधि रहने जनाएको थियो। तर पछिल्ला विवरणअनुसार प्रतिनिधिको संख्या ४ हजारदेखि ४ हजार ५ सयको हाराहारी पुग्न सक्ने देखिएको छ। प्रतिनिधिको यकिन संख्या र वैधानिकता सुनिश्चित गर्न समय लागेकाले बन्द सत्र ढिलाइ भएको पार्टी नेतृत्वले जनाएको छ।

बन्द सत्रमा अनुशासन समितिको प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान अनुमोदन, राजनीतिक तथा आर्थिक प्रस्तावमाथि छलफल र अन्तरिम व्यवस्थापन समिति गठनलगायतका कार्यसूची रहेका छन्। तर सत्र समयमै सुरु हुन नसक्दा उम्मेदवार मनोनयन दर्तासहित महाधिवेशनका सम्पूर्ण कार्यक्रम प्रभावित बनेका छन्।

सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको भए पनि बन्द सत्र नै सुरु हुन नसकेपछि उक्त कार्यतालिका स्थगित भएको छ। यससँगै मंगलबारभित्र नयाँ नेतृत्व चयन गरी महाधिवेशन सम्पन्न गर्ने योजना समेत प्रभावित भएको छ।

पार्टी प्रवक्ता मनिष झाले प्रतिनिधिको सूचीलाई विवादरहित बनाउने प्रयास जारी रहेकाले बन्द सत्र ढिलो भएको बताएका छन्। उनले महाधिवेशनको अवधि एक दिनसम्म लम्बिन सक्ने सम्भावनाबारे पार्टीभित्र छलफल भइसकेको जानकारी दिए।

बन्द सत्र सुरु हुन नसकेपछि महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधि र कार्यकर्ताहरू नेतृत्वसँग छिटो प्रक्रिया अघि बढाउन आग्रह गरिरहेका छन्। महाधिवेशन व्यवस्थापनमा देखिएको अन्योल र ढिलाइले रास्वपाको संगठनात्मक क्षमता र आन्तरिक व्यवस्थापनमाथि समेत प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति : २०८३, ७ असार सोमबार  ५ : १४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि