२०८३, १० कार्तिक मंगलबार

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा गृह, अर्थ, रक्षा, परराष्ट्र, ऊर्जा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय र संवैधानिक निकायका बजेटमाथि विस्तृत छलफल हुने भएको छ।

विनियोजन विधेयक, २०८३ अन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति–उपराष्ट्रपतिको कार्यालयको खर्च शीर्षकमाथि सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ।

बैठकमा विभिन्न सांसदहरूले सम्बन्धित मन्त्रालयहरूको बजेट रकम घटाएर एक रुपैयाँ कायम गर्नुपर्ने भन्दै खर्च कटौती प्रस्ताव पनि प्रस्तुत गर्नेछन्। विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ गुरु प्रसाद बराल, कानुन मन्त्रालयतर्फ रमेश कुमार मल्ल, पूर्वाधार विकास मन्त्रालयतर्फ मोहम्मद इश्तियाक राई र बलावती शर्मा तथा गृह मन्त्रालयतर्फ विष्णु माया विकले खर्च कटौतीका प्रस्ताव पेश गर्नेछन्।

बैठकको अन्त्यमा सभामुखले प्रतिनिधिसभाका पूर्व सदस्य स्वर्गीय मंगल प्रसाद गुप्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८३, १ असार मंगलबार  ९ : ४३ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको