२०८३, १० कार्तिक मंगलबार

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र सम्पन्न भएपछि उनले सभापति पदमा उम्मेदवारी दिएका हुन्।

रास्वपाले महाधिवेशनमा पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन गरिनेछ।

लामिछानेको उम्मेदवारीलाई विशेष बनाउने पक्ष भनेको उनको प्रस्तावकका रूपमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहको समर्थन रहनु हो। बालेनले प्रस्तावक बसेसँगै महाधिवेशनमा नयाँ राजनीतिक सन्देश गएको चर्चा सुरु भएको छ।

हालसम्म सभापति पदमा लामिछानेविरुद्ध कुनै प्रतिस्पर्धी उम्मेदवार नदेखिएकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना बलियो देखिएको छ। यदि अन्तिम समयसम्म अर्को उम्मेदवारी नपरेमा रास्वपाले नेतृत्व चयनको प्रक्रिया सहज रूपमा टुंग्याउनेछ।

महाधिवेशन प्रतिनिधिहरूको विवाद र कार्यतालिकामा देखिएको ढिलाइबीच आएको यो घटनाक्रमले रास्वपाको नेतृत्व फेरि एकपटक रवि लामिछानेकै वरिपरि केन्द्रित भएको संकेत गरेको छ।

प्रकाशित मिति : २०८३, ८ असार मंगलबार  ८ : ०० बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको