धुलिखेल, १२ फागुनः काभ्रेको पनौती नगरपालिकाले सार्वजनिक सडकमा परेका नीजि जग्गाको लगतकट्टा गर्न कार्यविधि पारित गरेको छ । नगरपालिकाभित्र सार्वजनिक सडक निर्माण, विस्तार र स्तरउन्नति गर्दा सडकमा पर्ने नीजि जग्गा स्वस्फुर्त निःशुल्क रुपमा लगतकट्टा गरी ब्यवस्थित गर्न कार्यविधि बनाएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । पारित भएको कार्यविधि नगरपालिकाको राजपत्रमा समेत प्रकाशसन…