२०८३, ३० भाद्र बुधबार

बुडोल क्वारेन्टाइनका लागि तीन अस्पतालको सहयोग

बुडोल क्वारेन्टाइनका लागि तीन अस्पतालको सहयोग


धुलिखेल, १९ चैतः बुडोल स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा सञ्चालन गर्न गरिएको क्वारेन्टाइनका लागि जिल्लाका तीन अस्पतालले सहयोग गरेका छन् । बुधबार नेपाल रेडक्रस सोइटी काभ्रे मार्फत अपाङ बाल अस्पतालले ५ वटा बेड सहयोग गरेको छ ।

त्यस्तै बनेपाको शीर मेमोरियल अस्पतालले ४ वटा हाइड्रोलिक वेड सहयोग गरेको रेडक्रसका सभापति रघुबर चौ प्रधानले जानकारी दिए । यसैगरी भैसीपाटीमा रहेको स्पाइनल इन्जुरी अस्पताले एउटा वेड सहयोग गरेको छ । शीर मेमोरियलले सिरक, डस्ना, तन्ना सहितको वेड सहयोग गरेको हो । शीर मेमोरियल अस्पतालले कोरोनाको महामारी अवधिभर क्वारेन्टाइनमा राख्ने र त्यसपछि रेडक्रसलाई हस्तान्तरण गर्ने गरी एउटा एम्बुलेन्स समेत उपलब्ध गराएको छ ।

रेडक्रसको बुडोल तालिम केन्द्रमा ६५ वेडको क्वारेन्टाइन बनेपा नगरपालिकाले सञ्चालन गर्दैछ । क्वारेन्टाइनको ब्यवपकीय जिम्मा पाएको रेडक्रस काभ्रेले बाँकी वेडहरु भने तयार भइसकेको बताएको छ । ‘हामीलाई १० वटा वेड अपुग थियो, सभापति प्रधानले भने ‘त्यो पनि सहयोग प्राप्त भयो, अब क्वारेन्टाइनमा बस्नेका लागि खाना कहाँ बनाउने भन्ने ठाउँको ब्यवस्थाप गर्न मात्रै बाँकी छ ।’

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  ४ : ४९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक