२०८३, ९ भाद्र बुधबार

काभ्रेमा प्रहरीको एक्सनः लकडाउनकाे रमिते हेर्न ८२ जना नियन्त्रण

काभ्रेमा प्रहरीको एक्सनः लकडाउनकाे रमिते हेर्न ८२ जना नियन्त्रण


धुलिखेल, १८ चैतः सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउनको अन्तिम दिन मंगलबार काभ्रे प्रहरीले निकै कडाइ गरेको छ । प्रहरीले राजमार्गमा अनावश्यक हिड्डुल गर्ने र हुल बाँधेर घाम ताप्ने ८२ जनालाई नियन्त्रणमा लिइसकेकाे छ । प्रहरीले बिहानदेखि अरनिकाे र बीपी राजमार्गमा सुरक्षा ब्यवस्थालाइ कडाइ गरेकाे हाे ।

सबैभन्दा बढी बनेपाबाट ८० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कायालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकार दिए । त्यस्तै धुलिखेलबाट प्रहरीले १२ जनलाई नियन्त्रणमा लिएको छ । काभ्रे प्रहरीले यसअघि राजमार्गमा यसरी कडाइ गरेको थिएन । मोटरसाइकल देखि कार, भ्यान, जिप समेतलाई प्रहरीले उच्च निगरानी राखेको छ ।

प्रहरीले आफु मातहातका सबै युनिटलाई कडा निर्देशन दिदैँ अत्यावश्क बाहेक हिड्डुल गर्ने जो कोहिलाई पनि नियन्त्रणमा लिन भनेको छ । ‘यो विषम पस्थितिमा पनि रमिते हेर्नेको संख्या धेरै देखियो, डिएसपी थापाले भने ‘हामीले त्यस्ता ब्यक्तिलाई नियन्त्रणमा लिएका हौँ, यो अभियान जारी रहन्छ, सबै युनिटलाई त्यहि किसिमको निगरानी राख्न भनेका छौँ ।’

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  १२ : २३ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा