बनेपा १ चैत जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा शिक्षा शाखा प्रमुख नहुँदा पालिकास्तरीय परीक्षा सञ्चालन गर्न समस्या आएको छ । समस्याकै बीचमा गत फागुन २८ गतेबाट परीक्षा सञ्चालन पनि भइरहेको छ । जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक देशबहादुर वाइबालले शिक्षा शाखा हेर्ने कर्मचारी नहुँदा परीक्षा सञ्चालनमा समस्या आउने गरेको बताउनुभयो । गाउँपालिकाले प्राथमिक तहदेखि माध्यमिक तहसम्मको परीक्षा…