२०८३, २१ आश्विन बिहीबार

काभ्रेको कोशीपारीमा दुई पालिका जोड्न माझोलुङ्गे पुल हुने

काभ्रेको कोशीपारीमा दुई पालिका जोड्न माझोलुङ्गे पुल हुने


धुलिखेल, २ चैतः काभ्रेको कोशीपारीमा पर्ने दुई पालिका जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । भुम्लु गाउँपालिका र चौरीदेउराली गाउँपालिका जोड्ने झोलुङ्गे पुलको आज शिलान्यास गरिएको हो । भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती भुम्लु र चौरीदेउराली गाउँपालिका वडानम्बर ८ विर्ता देउरालीको खहरेखोलामा झोलुङ्गे पुलको निर्माणकार्य शुरु भएको भम्लु गाउँपलिकाका अध्यक्ष गुमान ध्वाजकुँवरले बताए ।

दुईओटा पालिका जोड्ने पुल बनेपछि बिर्ता देउराली र कोँलाती भुम्लुमा उत्पादन हुने गहुँ आलु जस्ता कृषिजन्य सामग्रीले राम्रो बजार पाउने अध्यक्ष कुँवरले बताए । पुल ८६ मिटर लामो हुने छ । झोलुङ्ग पुल निर्माणका लागि संघ सरकारको ३९ लाख २६ हजार २ सय ८५ रुपैया, भुम्लु गाउँपालिकाको २ लाख ७६ हजार ४ सय ३१ रुपैया र झोलुङ्गे पुल सहयोग इकाईबाट ३ लाख १२ हजार ३ सय २४ रुपैया खर्च हुनेछ ।

त्यस्तै स्थानीयको २ प्रतिशत श्रमदान अन्तर्गत ९२ हजार १ सय ४३ रुपैया गरी जम्मा ४६ लाख ७१ सय ८४ रुपैयामा निर्माण हुने सिभिक फोरमका झोलुङ्गे पुल फोकल पर्सन किरण गुरुङले बताए ।

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ६ : ४१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी