धुलिखेल, २२ चैतः काभ्रेको पनौती नगरपालिकाले स्थानीय सरकारको असल अभ्यासको थालिने गरेको छ । नगरपालिकाले विश्वब्यापी फैलिएको कोरोना भाइरसको महामारीसँगै लकडाउनपछि उत्पन्न परिस्थितिका कारण मजदुर तथा अति विपन्न परिवारको पहिचान गरेको छ । बुधबार बसेको नगरस्तरीय विपद् ब्यवस्थापन समितिको आकस्मिक बैठकले हरेक वडाध्यक्षलाई आफ्नो वडाभित्र दैनिक ज्याला मजदुरी र विपन्न परिवारको तथ्याङ्क संकलन गर्न लगायो…