काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले योजना निर्माण र बजेट विनियोजनमा देश गम्भीर समस्यामा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित बजेट कार्यान्वयनसम्बन्धी सार्वजनिक नीति संवाद कार्यक्रममा उनले योजना प्रणालीमा सुधारको प्रयास भए पनि अझै पर्याप्त नभएको बताए । उनले तीन करोडभन्दा साना योजना संघीय सरकारले नलिने र बैंकबाहिरबाट योजना इन्ट्री नगर्ने निर्णयमा पुग्न कठिनाइ भएको…