२०८२, १९ माघ सोमबार

नारायणगढ–मुग्लिन सडक पहिरोले बन्द, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला आसपासको क्षेत्रमा गएको पहिरोका कारण सडक हिजो साँझदेखि अवरुद्ध भएको छ । रातभरको प्रयासपछि पनि आज बिहानसम्म पहिरो पूर्ण रूपमा पन्छाउन नसकिएकोले डिभिजन सडक कार्यालय चितवनले यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । डिभिजन सडक कार्यालयका अनुसार लगातार खसिरहेको पहिरोका कारण दुईवटा लोडरको सहयोगमा गरिएका प्रयासहरू असफल भएका…