२०८३, ६ आश्विन बुधबार

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह


ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ १० गते आएको रसुवा बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह गर्न भएको छ ।

ललितपुर महानगरपालिकाले आज उहाँको लागि आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणमा सहयोग गर्न आग्रह गर्नु भएको हो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “रसुवा भोटेकोशीको बाढी प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार कार्यको पहिलो चरणको काम सकिएको छ, अब पुर्ननिर्माणको काम अगाडि बढाउनु हाम्रो पनि जिम्मेवारी हो, पुर्ननिर्माणका लागि तीन तहको सरकारको सहयोग र समन्वय आवश्यक छ, त्यसैले पुर्न निर्माणका लागि सबै स्थानीय तह र विशष गरि काठमाडौं उपत्यका मेयर्स फोरमले वागमती प्रदेशका राहत कोषमा सहयोग रकम जम्मा गरेर पुर्ननिर्माणमा सघाउँन आग्रह गर्दछु ।”

उहाँले ललितपुर महानगरपालिकाको नगर प्रहरीले पिवदको बेलामा देखाएको सक्रियतादेखि सरसफाई एवं जुनसुकै बेलामा नगरलाई स्वच्छ, हराभार बनाउन गरेको योगदान प्रशंसा गर्न लायक भएको बताउनुभयो । नगर प्रहरीले जनताको मन जित्न सके पालिकाको विकासमा टेवा पुग्ने बताउँदै मेयरको मेरुदण्ड नै नगर प्रहरी भएकाले नगर प्रहरीले पालिकदेखि जनताको सुखदुखमा साथ दिनु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “सामाजिक कामको लागि नगर प्रहरीलाई विपदको बेलामा परिचालन गर्नसके मानवीय क्षति र भौतिक संरचनामा हुने क्षति कम हुन्छ, एउटा पालिकामा विपद आउँदा अर्को पालिकाको नगर प्रहरी गएर सहयोग गर्ने व्यबस्था मिलाउँनु पर्छ । एउटा नगरपालिकाले अर्को पालिकामा जाने मेकानिजम म बनाउँछु ।”
बागमती प्रदेश सरकार र ललितपुर महानगरपालिकाबीचको सहकार्य, समन्वय तथा आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै महानगरको समग्र विकास, पूर्वाधार, सेवा प्रवाह तथा समृद्धिका विषयमा समेत महत्वपूर्ण छलफल भएको थियो ।

स्थानीय तह र प्रदेश सरकारबीचको प्रभावकारी सहकार्यबाट मात्र नागरिकका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउँदै यसका लागि बागमती प्रदेश सरकार स्थानीय तहसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताउनु भयो । ललितपुर महानगरपालिकाको विकास र समृद्धिको यात्रामा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र सहकार्य रहने उहाँले बताउनुभो ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ११ : ०५ बजे

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीको आगामी दिशाबारे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा

काठमाडौं । नेपालमा प्रोफेसनल कम्ब्याट स्पोर्ट्सलाई नयाँ उचाइ दिने उद्देश्यसहित

न्युयोर्कमा बालेन : गुटेरेस भेटेर राष्ट्रसंघमा सम्बोधन, १७ औँ नम्बरमा पालो

न्युयोर्क । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी