२०८३, ८ कार्तिक आईतबार

अविरल वर्षाले कर्णालीका ६ जिल्लाका सडक ठप्प, पहिरोले राजमार्गदेखि करिडोरसम्म अवरुद्ध

अविरल वर्षाले कर्णालीका ६ जिल्लाका सडक ठप्प, पहिरोले राजमार्गदेखि करिडोरसम्म अवरुद्ध


सुर्खेत । लगातारको वर्षासँगै खसेको पहिरो र बगेको लेदोका कारण कर्णाली प्रदेशका ६ जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन्। कर्णाली राजमार्ग, कर्णाली करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।

कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–१ खारखोला तथा वडा नं. ३ र ४ को अरिङ्गालेमा पहिरो खसेपछि राप्ती राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

जुम्लाको तातोपानी गाउँपालिका–१ राँकामा पहिरो खस्दा जुम्ला–नाग्मा सडकखण्ड अवरुद्ध भएको छ। सडकमा माटो, ढुंगा र लेदो थुप्रिएपछि सवारीसाधन सञ्चालनमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पहिरो र लेदो सडकमा खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ अन्तर्गत पिना–ताल्चा सडकखण्डमा पहिरो खस्दा नाग्मा–गमगढी सडकसमेत प्रभावित भएको छ।

जाजरकोटका विभिन्न सडकखण्डमा समेत वर्षाका कारण यातायात प्रभावित भएको प्रहरीले जनाएको छ। निरन्तरको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, लेदो र सडक कटानको जोखिम बढेको छ।

सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित हुनुका साथै दुर्गम जिल्लामा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या देखिएको छ।

कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार अवरुद्ध सडकको अवस्था बुझ्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी सडक सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ।

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  ९ : ५८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना