२०८३, १० आश्विन आईतबार

अविरल वर्षाले कर्णालीका ६ जिल्लाका सडक ठप्प, पहिरोले राजमार्गदेखि करिडोरसम्म अवरुद्ध

अविरल वर्षाले कर्णालीका ६ जिल्लाका सडक ठप्प, पहिरोले राजमार्गदेखि करिडोरसम्म अवरुद्ध


सुर्खेत । लगातारको वर्षासँगै खसेको पहिरो र बगेको लेदोका कारण कर्णाली प्रदेशका ६ जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन्। कर्णाली राजमार्ग, कर्णाली करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।

कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–१ खारखोला तथा वडा नं. ३ र ४ को अरिङ्गालेमा पहिरो खसेपछि राप्ती राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

जुम्लाको तातोपानी गाउँपालिका–१ राँकामा पहिरो खस्दा जुम्ला–नाग्मा सडकखण्ड अवरुद्ध भएको छ। सडकमा माटो, ढुंगा र लेदो थुप्रिएपछि सवारीसाधन सञ्चालनमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पहिरो र लेदो सडकमा खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको छ। मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ अन्तर्गत पिना–ताल्चा सडकखण्डमा पहिरो खस्दा नाग्मा–गमगढी सडकसमेत प्रभावित भएको छ।

जाजरकोटका विभिन्न सडकखण्डमा समेत वर्षाका कारण यातायात प्रभावित भएको प्रहरीले जनाएको छ। निरन्तरको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, लेदो र सडक कटानको जोखिम बढेको छ।

सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित हुनुका साथै दुर्गम जिल्लामा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या देखिएको छ।

कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार अवरुद्ध सडकको अवस्था बुझ्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी सडक सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ।

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  ९ : ५८ बजे

सत्ता बदल्ने कि शासन बदल्ने ?

सत्ता परिवर्तनभन्दा अगाडि बढेर शासनको चरित्र बदल्ने बहस काठमाडौं ।

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १८१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १८१ वटा सवारीसाधनका

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय