२०८३, १० आश्विन आईतबार

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह


काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थानमा पहिरो र सडक भासिएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। ठूला ढुंगा, रुख र लेदोसहित पहिरो खसेपछि सडकमा सवारी आवागमन ठप्प बनेको हो।

कृष्णभीर, ज्यामिरेघाटको चौकीभीर, घोप्टेभीर र सिमलधारा क्षेत्रमा ठूलो पहिरो खसेको छ। फिस्लिङ क्षेत्रमा तीन छुट्टाछुट्टै स्थानमा करिब २०० मिटर सडक पहिरोले ढाकिएको छ भने सडकको करिब ३० मिटर भाग चर्किएर दबिएको जनाइएको छ।

त्यस्तै शीलतबजार, गोमती खोला, चुम्लिङटार र धारापानी क्षेत्रमा पनि पहिरो र सडक भासिने समस्या देखिएको छ। धारापानीमा कल्भर्ट खुलाएर तथा शीलतबजारमा लेदो पन्छाएर एकतर्फी यातायात सञ्चालनको प्रयास गरिए पनि हुग्दी खोलादेखि जवाङ खोलासम्म आधा दर्जनभन्दा बढी स्थानमा निरन्तर पहिरो खसिरहेको बताइएको छ।

सडक आयोजना र सुरक्षा निकायका अनुसार वर्षा नरोकिएकाले तत्काल पहिरो पन्छाउने काम अघि बढाउन कठिनाइ भएको छ। वर्षा रोकिएलगत्तै प्रभावित सबै स्थानमा हेभी इक्विपमेन्ट परिचालन गरी सडक खुलाउने तयारी गरिएको छ।

सडक पूर्ण रूपमा सुरक्षित र सञ्चालनमा नआएसम्म अत्यावश्यकबाहेक मलेखु–मुग्लिङ सडक खण्डको यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। निरन्तर पहिरो खसिरहेको अवस्थामा जबर्जस्ती यात्रा गर्दा थप जोखिम हुनसक्ने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  २ : ४६ बजे

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा

सोह्र श्राद्धमा पितृको सम्मान र श्रद्धा अनिवार्य छ : संस्कृतिविद् भट्टराई

काठमाडौं । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई