२०८३, ७ कार्तिक शनिबार

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह


काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थानमा पहिरो र सडक भासिएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। ठूला ढुंगा, रुख र लेदोसहित पहिरो खसेपछि सडकमा सवारी आवागमन ठप्प बनेको हो।

कृष्णभीर, ज्यामिरेघाटको चौकीभीर, घोप्टेभीर र सिमलधारा क्षेत्रमा ठूलो पहिरो खसेको छ। फिस्लिङ क्षेत्रमा तीन छुट्टाछुट्टै स्थानमा करिब २०० मिटर सडक पहिरोले ढाकिएको छ भने सडकको करिब ३० मिटर भाग चर्किएर दबिएको जनाइएको छ।

त्यस्तै शीलतबजार, गोमती खोला, चुम्लिङटार र धारापानी क्षेत्रमा पनि पहिरो र सडक भासिने समस्या देखिएको छ। धारापानीमा कल्भर्ट खुलाएर तथा शीलतबजारमा लेदो पन्छाएर एकतर्फी यातायात सञ्चालनको प्रयास गरिए पनि हुग्दी खोलादेखि जवाङ खोलासम्म आधा दर्जनभन्दा बढी स्थानमा निरन्तर पहिरो खसिरहेको बताइएको छ।

सडक आयोजना र सुरक्षा निकायका अनुसार वर्षा नरोकिएकाले तत्काल पहिरो पन्छाउने काम अघि बढाउन कठिनाइ भएको छ। वर्षा रोकिएलगत्तै प्रभावित सबै स्थानमा हेभी इक्विपमेन्ट परिचालन गरी सडक खुलाउने तयारी गरिएको छ।

सडक पूर्ण रूपमा सुरक्षित र सञ्चालनमा नआएसम्म अत्यावश्यकबाहेक मलेखु–मुग्लिङ सडक खण्डको यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। निरन्तर पहिरो खसिरहेको अवस्थामा जबर्जस्ती यात्रा गर्दा थप जोखिम हुनसक्ने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  २ : ४६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना