२०८२, ३ चैत्र बुधबार

धुलिखेल-खावा सडक वर्षा लागेपछि हिलो, घाम लागेपछि धुलो-जनतालाई वर्षौंको सास्ती

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत पर्ने धुलिखेल-खावा सडकखण्डको अवस्था अहिले अत्यन्तै नाजुक बनेको छ । करिब ४ किलोमिटरको दूरी पार गर्नै पनि सर्वसाधारणलाई दिनहुँ धुलो र हिलोको सास्ती खेप्नुपर्ने बाध्यता छ । स्थानीयबासीका अनुसार, सडक घाम लागे धुलाम्मे र वर्षा हुँदा हिलाम्मे हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको हो। निर्माण कार्यमा ढिलाइ, जिम्मेवारीविहीन ठेकेदार कम्पनी र कमजोर…