२०८३, २० आश्विन बुधबार

नारायणगढ–मुग्लिन सडक पहिरोले बन्द, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नारायणगढ–मुग्लिन सडक पहिरोले बन्द, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला आसपासको क्षेत्रमा गएको पहिरोका कारण सडक हिजो साँझदेखि अवरुद्ध भएको छ । रातभरको प्रयासपछि पनि आज बिहानसम्म पहिरो पूर्ण रूपमा पन्छाउन नसकिएकोले डिभिजन सडक कार्यालय चितवनले यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । डिभिजन सडक कार्यालयका अनुसार लगातार खसिरहेको पहिरोका कारण दुईवटा लोडरको सहयोगमा गरिएका प्रयासहरू असफल भएका छन्। सडक सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो रोकिएको अवस्था नभएकाले थप एक्साभेटर ल्याउने तयारी भए पनि तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको जानकारी दिए ।

“पहिरो झर्न रोकिएको छैन, झन् जोखिमपूर्ण बन्दै गएको छ,” क्षेत्रीले भने, “हामी थप मेसिन लगाएर प्रयास गरिरहेका छौँ, तर मौसम र जमिनको अवस्था प्रतिकूल छ।” पहिरोका कारण सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन् भने यात्रुहरू लामो समयदेखि प्रतिक्षामा बस्न बाध्य भएका छन्। पहिरो कहिले पन्छाएर बाटो खुल्ने भन्ने यकिन समय तोक्न नसकिने डिभिजनले स्पष्ट पारेको छ। डिभिजन सडक कार्यालयले सो सडक प्रयोग गर्न चाहने यात्रुहरू तथा सवारी चालकहरूलाई हाललाई वैकल्पिक मार्गहरू प्रयोग गर्न सुझाव दिएको छ। सम्भव भएसम्म अत्यावश्यक कामबाहेक सो क्षेत्रतर्फ यात्रा नगर्न पनि आग्रह गरिएको छ।

भौगोलिक रूपमा अति जोखिमयुक्त मानिने नारायणगढ–मुग्लिन सडकखण्डमा मनसुनसँगै पहिरोको समस्या बारम्बार देखिँदै आएको छ। वर्षा जारी रहेसम्म अझ थप पहिरोको सम्भावना रहेको प्राविधिकहरूले बताएका छन् । सडक सुचारु हुनेबारे थप जानकारीका लागि स्थानीय प्रशासन, ट्राफिक प्रहरी र सडक विभागको आधिकारिक सूचना हेर्न वा सुन्न यात्रुहरूलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८२, ४ आश्विन शनिबार  ७ : ५० बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय