२०८३, ११ कार्तिक बुधबार

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

“ तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरू बनाउने हो ”


काठमाडौं। नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सार्वजनिक संरचनाहरूमा भएको क्षतिको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले उक्त कोषबारे मन्त्रिपरिषद्को औपचारिक निर्णयबाट अघि बढाइने जानकारी दिएका हुन्।“हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरू बनाउनुपर्नेछ,” मन्त्री घिसिङले भने, “आक्रोशको कारणले क्षति भयो, तर अब हामीले नै यो बनाउने हो।”

उनका अनुसार संरचनाको पुनर्निर्माणका लागि कोषमा आवश्यक रकम जम्मा गर्न नेपाल बाहिर रहेका नेपालीहरूलाई समेत योगदान गर्न आह्वान गरिनेछ। उनले प्रवासी नेपालीहरूको मनोबल, भावना र लगावलाई उपयोग गर्दै राष्ट्रिय पुनर्निर्माणमा संलग्न गराउने योजना रहेको बताए।

पछिल्ला केही घटनाक्रमका कारण देशभर विभिन्न सरकारी संरचनाहरूमा क्षति पुगेको छ। सार्वजनिक यातायात, पूर्वाधार र सेवा प्रवाहमा समेत अवरोध भएको भन्दै मन्त्री घिसिङले यस्तो अवस्थालाई शीघ्र सुधार गर्ने प्रतिबद्धता जनाए।उनले मन्त्रालयको काममा पारदर्शिता, जवाफदेहिता र कार्यकुशलता सुनिश्चित गर्दै जनताको विश्वास जित्ने गरी अघि बढ्ने बताएका छन्।

मन्त्री घिसिङ ऊर्जा क्षेत्रको सफल नेतृत्वपश्चात् भौतिक पूर्वाधार मन्त्रालयमा पुगेका हुन्। आम नागरिकमा अपेक्षा उच्च रहेकाले उनको यो पहललाई सकारात्मक संकेतका रूपमा लिइएको छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ५ : ४९ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा