धुलिखेल, ९ बैशाखः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किरण श्रेष्ठले आफ्ना वडाका सबै नागरिकको ज्वरो जाँच गराएर एक गतिलो उदाहरण दिएका छन् । वडाकै स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीलाई लिएर वडाध्यक्ष श्रेष्ठ आफै बडाबासीको घर–घर पुगेका हुन् । स्वास्थ्य कर्मीलाई घर–घर लिएर जानुअघि वडाध्यक्ष श्रेष्ठले महिला स्वास्थ्य स्वयमेविका मार्फत जनसंख्या सकंलन गरेका थिए…