२०८३, ९ भाद्र बुधबार

काभ्रे महाभारतका ३ सयभन्दा बढी नागरिकको उद्धार

काभ्रे महाभारतका ३ सयभन्दा बढी नागरिकको उद्धार


धुलिखेल, १० बैशाखः काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले आफ्नो नागरिकको उद्धार गरेको छ । पालिका अध्यक्ष कान्छालाल जिम्बाले काठमाण्डौ र बनेपामा लकडाउन पछि समस्यामा परेका आफ्नो पालिकाको उद्धार गरेका हुन् ।

बुधबार बिहान २ बजे ४ वटा बस मार्फत आफ्ना नागरिकहरुको उद्धार गरिएको पालिका प्रमुख जिम्बाले जानकारी दिए । गाउँ फर्केकाहरुलाई पालिका अध्यक्ष जिम्बाले बाहिर अनावश्यक रुपमा हिड्डुल नगर्न आग्रह गरेका छन् । ‘अहिले जे जति काम भइरहेका छन्, सबै बाध्यताले गर्नुपरिहेको छ, गाउँपुगेर तपाईहरु अनावश्यक तडक भड्क नगरिदिनुहोला ‘जिम्बाले बसमा सवार यात्रुलाई भने ‘यो बेला आफुमात्रै बच्ने होइन अरुलाई पनि बचाउने हो ।’

महाभातर गाउँपालिकाले विभिन्न ठाउँमा ३० बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ । कोरोना भाइरसँग मिल्दो जुल्दो लक्षण देखिएको त्यहि क्वारेन्टाइनमा राखिने पालिकाका प्रवक्ता रविन मोक्तानले बताए ।

नागरिकलाई गाउँ पुर्याउन नेकपाका यूवा नेता तथा समाजसेवी सुजन लामा र रुप बहादुर योन्जनले पनि सहयोग गरेका थिए । बसमा चढाउनु पहिले सबै यात्रुको ज्वरो जाँच गरिएको थियो ।

प्रकाशित मिति : २०७७, १० बैशाख बुधबार  ९ : २७ बजे

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन

काठमाडौं । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई