२०८३, २१ आश्विन बिहीबार

दोलालघाटका नदीमा तस्करहरु अझै सक्रिय, तस्करलाइ प्रशासनकै साथ !

दोलालघाटका नदीमा तस्करहरु अझै सक्रिय, तस्करलाइ प्रशासनकै साथ !


धुलिखेल, ८ बैशाखः तपाई त लकडाउन पालना गरेर घरमै बस्नुभएको होला ? तपाईका छिमेकी के गर्दैन छन् कुन्नी ? यस्तो बेला सबैको जानकारी लिने कुरा पनि भएन । तर दोलालघाट बगरमा भने तस्कारहरु लकडाउन पहिलेभन्दा बढी सक्रिया भएका छन् ।

प्रशासनकै मिलेमत्तोमा ठेक्का नलागेको ठाउँबाट बालुवा उत्खन्न भइरहेको स्थानीयले बताए । भुम्लु गाउँपालिकाको वडा नम्बर १० मा पर्ने पशुपति बगर । जहाँ गाउँपालिकाले ठेक्का त लगाएको छ । तर वातारवणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा भने स्काभेटर प्रयोग गर्न नपाइने उल्लेख छ । तर प्रतिवेदनको ठीक विपरित अहिले दुई वटा स्काभेटर प्रयोग गरेर बालुवा उत्खन्न भइरहेको स्थानीय उद्धव खरेलले बताए ।

प्रशासनको आडमा लकडाउनको धज्जी उठाउँदै तस्कारहरुले अवैध ढंगबाट बालुवा उत्खन्न गरेपछि स्थानीयले गाउँपालिकामा सोमबार ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरुले तत्काल अवैध उत्खन्न रोक्न पालिकाको ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्र बुझ्दै पालिका प्रमुख गुमानध्वज कुवँरले अवैध उत्खन्न रोक्ने बताउँदै प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थिए । तर प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले राष्ट्रिय गौरबका आयोजनाका लागि निर्माण सामग्री ढुवानी भइरहेको भन्दै रोक्न नमिल्ने जवाफ दिएको पालिका प्रमुख कुवँरले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट सवारी पास लिएर अहिले पनि टिपरहरु चलिरहेका छन् । भुम्लु गाउँपालिका वडा नम्बर १० बरबोटमा रहेको सामान्तरण निर्माण सेवा प्रा.लिबाट दैनिक ६० वटा टिपरले निर्माण सामग्री ओसारी रहेको स्थानीयको दाबी छ ।

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  ६ : १६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको