२०८३, २० आश्विन बुधबार

काभ्रेको चौरीदेउराली गाउँपालिकाद्वारा ४५ मजदुरकाे उद्धार

काभ्रेको चौरीदेउराली गाउँपालिकाद्वारा ४५ मजदुरकाे उद्धार


धुलिखेल, ८ बैशाखः काभ्रेको चौरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रमा लकडाउनका कारण अलपत्र परेका ४५ जना मजदुरहरुलाई उद्धार गरेको छ । गाउँपालिकाका भिविन्न वडाहरुमा भुकम्प पछिको पुनःनिर्माण काम गर्न आइपुगेका ४५ जना मजदुरहरुलाई उद्धार गरिएको गाउँपालिकाका प्रवक्त विनोद घिसिङले बताए ।

प्रवक्ता घिसिङका अनुसार रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नं ९ र १० का १४ जना, चौरजहारी नगरपालिका वडा नं ६ का ४ जना र जाजरकोट नलगाड नगरपालिका वडा नं ९ का ४ जना, भेरी नगरपालिका वडा नं ७ का १० जना र छेडागाड नगरपालिका वडा नं १२ का १३ जना रहेका छन् ।

गाउँपालिकाकाका प्रवक्ता विनोद घिसिङको नेतृत्वमा ती मजदुरहरुलाई काठमाडौको त्रिभुवन पार्कसम्म पुर्याइएको हो । त्यहाँबाट भने रुकुमकै सांसद एवं पूर्व मन्त्री जनार्दन शर्माले घरसम्म पुर्याउने बताइएको छ । मजदुरहरुलाई गाउँपालिकाले खान र गाडीको निःशुल्क व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  ५ : ४२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको