काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जानबाट नरोकिने स्पष्ट पारेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले वैदेशिक यात्रालाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सात पक्षसँग सहकार्यको आग्रह गरे। उनले फर्जी कागजात प्रयोग गर्नेहरूलाई भने कडाइका साथ कारबाही गरिने चेतावनी दिए…