काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको तीन महिना बित्दा पनि देशभरका ४३ स्थानीय तहले अझै वार्षिक बजेट सार्वजनिक गर्न सकेका छैनन्। संविधानले असार १० गतेभित्र सबै स्थानीय तहले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान राखे पनि ती तहहरूले अझैसम्म बजेट ल्याउन नसकेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, ७५३ स्थानीय तहमध्ये…