२०८३, ११ कार्तिक बुधबार

कुलमान घिसिङद्वारा क्षतिग्रस्त बीपी राजमार्ग अनुगमन, अस्थायी डाइभर्सन बनाउने तयारी

कुलमान घिसिङद्वारा क्षतिग्रस्त बीपी राजमार्ग अनुगमन, अस्थायी डाइभर्सन बनाउने तयारी


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी–पहिरोले क्षति पुगेको बीपी राजमार्गको निरीक्षण गरेका छन्।

अनुगमनमा मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसीसहितको प्राविधिक टोली सहभागी भएको थियो। मन्त्री घिसिङले विशेष गरी रोशीको बाढीले प्रभावित चौकीडाँडा क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। त्यहाँ करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। उनले सडक विभाग र निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् कि, संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने यो महत्वपूर्ण लाइफलाइन सडक जतिसक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक छ।

गत वर्षको बाढीले भकुण्डे–नेपालथोक खण्डलाई क्षति पुर्‍याएको थियो। उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ। मन्त्रालयका अनुसार, क्षतिग्रस्त सडकको केही खण्डको स्थायी निर्माणको ठेक्का लागिसकेको छ भने केही खण्डको ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको छ।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ११ : ३८ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा