बनेपा १ कार्तिक : काभ्रेको मण्डनदेउपुरमा तपेश्वर माविको नयाँभवन शिलान्यास गरिएको छ । ईको हिमाल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मण्डनदेउपुर वडा नं ५ मा बन्न लागेको पक्की चारकोठे भवनको शुक्रबार नगरप्रमुख टोकबहादुर वाईवाले शिलान्यास गर्नु भएको हो । शिलान्यास कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईवाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नगरले पहिलो प्राथमिकतामा राखेर योजना निर्माण कार्यन्वयन…