धुलिखेल, ४ असारः धुलिखेल नगरपालिकाको वडा नम्बर ८ को हवेली डाँडासम्म सडक ढलान हुने भएको छ । चालु आर्थिक वर्षभित्रै सकाउने गरी नगरप्रमुख अशोक ब्याञ्जुले ढलानको शिलान्यास गरेका हुन् । नगरपालिकाको २६ लाख र उपभोक्ताको १६ लाख गरी कुल ४० लाखमा सडक ढलान हुने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए । २ सय ६० मिटर…