काठमाडौं २६ मंसिर मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी पठाउन २८ दिन कुर्नुपर्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हाल्नका लागि सुरुङको पूर्वाधार ठीक छ–छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चार जनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू पूर्वाधारको अध्ययन अघि बढाएको हो । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा…