२०८२, १६ असार सोमबार

सिंचाईका लागि १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकार

सिंचाईका लागि १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकार


काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई नियुक्ति गरेको छ ।

हिजो बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा गोबिन्द गुरुङलाई नियुक्ति गर्ने निर्णय भएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
उनले भने,‘कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई मनोनयन गर्ने निर्णय भएको छ ।’

त्यस्तै एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोलि गठन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
उनले भने,‘एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुो अमेरिकी डलर एक सय मिलियन करिब १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।’

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ४ : १९ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको