२०८२, ५ जेष्ठ आईतबार

दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाका बनाउछौ : गृहमन्त्री लेखक

दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाका बनाउछौ : गृहमन्त्री लेखक


महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताएका छन् ।

बुधबार दोधारा चाँदनी नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री लेखकले दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकास गरि देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए ।

उनले भने, ‘महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुुख्खा बन्दरगाह निमार्ण हुन्छ । यो नाकालाई भारत र चीनसंग जोडेर देशकै ठुलो नाकाका रुपमा विकास गछौ ।’

उनले निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिंङकरबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताए ।

‘उद्योग, व्यापार वाणिज्य,पर्यटन सबैका लागि महत्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गछौ । त्यसैगफ गरेको होईन,उहिले उहिले महाकालीमा झोलुङ्गे पुल बनाउछौ भन्दा हास्ने गरेको मैले सुन्या छु अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको छ गरेपछि त बन्दो रहेछ त ।’

त्यसैगरि, उनले संसदमा भएका दुई ठुला दलहरु बीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त उनको थियो ।

ती दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरका बाढी प्रभावित क्षनेत्रको स्थलगत अवलोकन समेत गरेका छन् ।

प्रकाशित मिति : २०८१, २० भाद्र बिहीबार  ७ : ३६ बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको