२०८२, २० असार शुक्रबार

सरकारी निकायहरुबीच तालमेल नहुँदा विकासमा बाधा पुग्यो : मन्त्री तामाङ

सरकारी निकायहरुबीच तालमेल नहुँदा विकासमा बाधा पुग्यो : मन्त्री तामाङ


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङले सरकार एक आपसमा बाझेर(क्षेत्राधिकार र कानुन विवाद) देश विकास हुन नदिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारमा आएपछि सरकारका निकायहरु एक आपसमा बाझेर देश विकास हुन नसकेको कुरा अनुभव गर्न पाएको बताए ।

उनले भने, ‘म जति दिन मन्त्रालयमा बस्छु त्यति दिन काम गर्ने छु । दिन पनि गनेर बसेको छु । सरकार सरकार बाझेर यो देश विकास हुन दिएको छैन् । दुई चारवटा सरकार बाझिदा पनि देश विकास नभएको सरकारमा आएपछि बुझें । हाइड्रोपावरको सन्दर्भमा वनले फाइलहरु रोकेर राख्छ ।’

यस्तै, उनले दोलखा, रामेछाप लगायत ७७ जिल्लाको हरेक गाँउमा बत्ति पुर्याउने काम गर्ने पनि बताएका छन् ।

उनले भने, ‘दोलखा, रामेछाप लगायत ७७ जिल्लामा मेरो लक्ष्य के छ भने म मन्त्री हुने दिनसम्म एउटा गाँउ एउटा, दुईवटा मात्र घर रहेको भएपनि, खर्च धेरै लाग्ने रहेछ भनेपनि, दुईवटा घरमा बत्ती बाल्ने काम गर्छु । त्यसो भयोभने गरिबले पनि बत्ति बाल्न पायो । सरकारले जनताको काम गर्नुपर्छ भन्ने लाग्छ । त्यही हिसाबले म मेरो जिम्मेवारी पूरा गर्छु ।’

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ४ : २९ बजे

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

काठमाडौं । विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न