२०८२, २७ असार शुक्रबार

नवनिर्मित संसद भवनको निरीक्षणमा सभामुख, काम नसकिएकोमा चिन्ता

नवनिर्मित संसद भवनको निरीक्षणमा सभामुख, काम नसकिएकोमा चिन्ता


काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिंहदरवारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण गरेका छन् ।

बिहीबार दिउँसो सभामुखले पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको अवलोकन गरेका हुन् । भवन अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले छिटो भवन निर्माणको काम सकाएर नयाँ भवनबाट संसदको कामहरु गर्ने तिव्र इच्छा भएपनि प्रतिकुलताका कारण निर्माण कामहरु गर्न एकदमै गार्हो भइरहेको बताए । उनले अब पूर्ण रुपमा भवन निर्माण सम्पन्न गर्न अझै डेढ वर्ष लाग्ने देखिएको चिन्ता व्यक्त गरे ।

उनले भने,‘छिटो सकाएर संसदको कामहरु भवनबाट छिटो गतिविध गर्न पाए हुन्थ्यो भन्ने इच्छा छ । तर प्रतिकुलताहरु धेरै भएको कारण निर्माणको जिम्मा लगाएको टिमहरुले कामहरु गर्न एकदमै गार्हो भइरहेको छ । काम गर्न लाग्दा लाग्दै पनि चाहिएको मेनपावरदेखि लिएर अन्य कुरा जुटाउन सकिरहनुभएको छैन् । चैत्र २० भनेको अब सात महिना छ । त्यस समयभित्र बाहिरको भौतिक पूर्वाधारसम्म बनाइए पनि व्यवहारिक रुपमा अझै डेढ वर्षभन्दा अगाडि कार्यक्रमहरु गर्न नसक्ने हो कि भन्ने चिन्ता छ ।’   

                                                         

प्रकाशित मिति : २०८१, २० भाद्र बिहीबार  ७ : ५६ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत