२०८२, १७ असार मंगलबार

पाँचखालमा चिनको लगानीमा उद्योग सञ्चालनको तयारी

पाँचखालमा चिनको लगानीमा उद्योग सञ्चालनको तयारी


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग चिनका व्यवसायीहरुले भेट गरेका छन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जन बढी व्यवसायीहरुले नेपालमा लगानीको वातावरणका बिषयमा अन्तरक्रिया गरेका हुन् ।

अन्तरक्रियाका क्रममा चिनियाँ व्यवसायीहरुले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका बिषयमा जानकारी लिएका छन् । चिनियाँ व्यवसायीहरुलाई उद्योग मन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरुमा लगानी गर्न आग्रह गरे ।
उनले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनैपनि नितिगत जटिलताहरु नरहेको बताए । चिनमा भैरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेकोे बताउदैँ नेपालको कृषि, विद्युत, पर्यटन, शिक्षा तथा सुचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

काभ्रेको पाँचखालमा चिनको लगानीमा उद्योग सञ्चालनको तयारी भैइरहेको बिषयमा मन्त्री भण्डारीले लगानीकर्तालाई प्रयाप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताए । उनले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनैपनि समयमा आइपर्ने समस्या समाधानका लागि प्रतिवद्धता व्यक्त गरे ।

उद्योग मन्त्रालयका सचीव कृष्ण बहादुर रावतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्याहरु नभएकाले उद्योगमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा कम्पनी दर्ता गर्दा निशुल्क रुपमा अनलाईन बाटै दर्ता प्रक्रिया रहेको बताए ।

प्रकाशित मिति : २०८१, २६ भाद्र बुधबार  ८ : ११ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर