२०८२, २१ माघ बुधबार

सात महिनापछि धरहराबाट उपत्यका अवलोकन गर्न आमन्त्रण

काठमाडौं, २८ पुस । नेपालीहरुको धरोहर धरहराको पुनर्निर्माण आगामी असार १६ गते सम्पन्न हुनेछ । निर्माण कार्यमा कोभिडले खासै असर नपारेको भनिएको धरहरा तोकिएको भन्दा आठ महिना ढिला सम्पन्न हुनेभएको छ ।४२ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको २२ तलाको ‘नेपालकै उत्कृष्ट आधुनिक संरचना’को हाल बीसौंतलामा काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक राजुमान मानन्धर बताउनुहुन्छ ।…