२०८३, ८ असार मंगलबार

सात महिनापछि धरहराबाट उपत्यका अवलोकन गर्न आमन्त्रण

सात महिनापछि धरहराबाट उपत्यका अवलोकन गर्न आमन्त्रण


काठमाडौं, २८ पुस । नेपालीहरुको धरोहर धरहराको पुनर्निर्माण आगामी असार १६ गते सम्पन्न हुनेछ । निर्माण कार्यमा कोभिडले खासै असर नपारेको भनिएको धरहरा तोकिएको भन्दा आठ महिना ढिला सम्पन्न हुनेभएको छ ।४२ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको २२ तलाको ‘नेपालकै उत्कृष्ट आधुनिक संरचना’को हाल बीसौंतलामा काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक राजुमान मानन्धर बताउनुहुन्छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको धरहरा भूकम्प गएको तीन वर्षपछि २०७५ भदौ २२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको संयुक्तरूपमा जिम्मा पाएका चिनियाँ कम्पनी जीआई ईटीसी र नेपाली कम्पनी रमन जेबीले २०७७ असोज २० मा काम सक्नेगरी सम्झौता गरेका थिए ।कोभिड १९ का कारण केही समय काम रोकिएपछि निर्माण अवधि थप भएको मानन्धरले बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो–‘यदि कोभिडले असर नपारेको भए आज हामी धरहराबाट काठमाडौं निल्याल्दै हुनेथियौं ।’

ऐतिहासिक धरहरा पुनर्निर्माणमा केही विदेशी प्राविधिकबाहेक सबै नेपाली गरी दैनिक १ सय ५० देखि २ सय ५० जनासम्म कामदारले काम गर्दैआएका छन् । ३ अर्बकोे लगानीमा बन्न लागेको उक्त धरहरा पुनर्निर्माणमा नेपाली उत्पादनका ९० प्रतिशत सामग्री प्रयोग भएको जनाइएको छ ।दुई लिफ्टसहित एउटा फलामे भ¥याङ रहने धरहराको पहिलेको भन्दा चौडाइ ठूलो हुनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ भने प्रत्येक तलामा एक सानो झ्याल हुने र धरहराको माथि पुगेपछि एकैपटकमा कम्तीमा ५० जनाले अवलोकन गर्नसक्ने ठाउँ हुनेछ ।धरहरामुनि दुई तलाको सपिङ सेन्टर बनाइँदैछ भने बाहिर बाँकी रहेको भागमा जमिनमुनि नै पार्किङ बनाइँदै छ ।

धरहरा चलाउन आर्थिक जोहोका लागि नयाँ अवधारणाका साथ सपिङ सेन्टरसहितको अत्याधुनिक र सुविधा सम्पन्न सपिङ सेन्टर निर्माण गर्न लागिएको भए पनि ती सपिङ सेन्टरमा नेपालमा उत्पादित वस्तुहरूलाई प्राथमिकता दिइने मानन्धरले जानकारी दिनुभयो ।धरहराको सपिङ सेन्टर हेरेपछि नेपालमा उत्पादन हुने कलात्मक वस्तुहरूको जानकारीका लागि पनि सपिङ सेन्टरको अवधारणा ल्याइएको उहाँले बताउनुभयो । हरियाली बगैंचा, मनमोहक दृश्यसहित बन्न लागेको धरहराको गेटमा नेपाली गीतमा पानीको नृत्य देख्न सकिने तथा भित्र पसलमा राखिएका सामानहरूले नेपालको पहिचान झल्काउने परिकल्पना छ । भूपराज बस्यालले नेपाल समाचार पत्र दैनिकमा खबर छापेको छ ।

प्रकाशित मिति : २०७७, २८ पुस मंगलबार  ८ : २१ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।