२०८१, ९ माघ बुधबार

पनौतीबासीलाई खुशीको खबर : अस्पताल निर्माणका लागि १६ रोपनी जग्गा सम्झौता

पनौतीबासीलाई खुशीको खबर : अस्पताल निर्माणका लागि १६ रोपनी जग्गा सम्झौता


पनौती २७ पुस :  काभ्रेको पनौती नगरपालिकाको नगर अस्पताल निर्माणका लागि पनौती नगरपालिका वडा नं १० खोपासीमा १६ रोपनी जग्गा सम्झौता भएको छ ।

पनौती नगरपालिका वडा नं १० खोपासीमा रहेको खोपासी प्राथामिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा निर्माण गर्न खोपासी सहकारी संस्था लि.ले आफ्नो १६ रोपनी जग्गा सहुलियत दरमा उपलब्ध गराएको हो ।

अस्पतालार्ई जग्गा उपलब्ध गारउने सम्झौता पत्रमा नगरपालिकाका प्रमुख भीम न्यौपाने र खोपासी सहकारी संस्था लि .का अध्यक्ष केदारबहादुर भण्डारीले हस्ताक्षर गर्नुभएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख पुरुषोतम तिमल्सिनाले बताउनुभयो । नगर अस्पतालका लागि जग्गा पाएसँगै पनौती नगरबासी खुशी भएका छन् ।

सोमबार उपलब्ध भएको जग्गामा २५ शैयाको नगर अस्पताल बनाउने तयारी भैरहेको नगरपालिकाका प्रमुख भीम न्यौपानेले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २७ पुस सोमबार  ९ : ४९ बजे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे दोस्रो कार्यकालको लागि शपथ ग्रहण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालको लागि शपथ

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको