काठमाडौँ २१ फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँको सुन्दरीजलमा खसालिएको छ । शनिबार प्रधानमन्त्री केपी ओलीले विशेष समारोहकाबीच स्वीच थिचेर सुन्दर जलमा पानी खसालेका हुन् । गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको हो…