२०८२, २४ कार्तिक आईतबार

काभ्रेको नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु

भकुण्डेवेशी । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न नमोबुद्ध नगरपालिकाले प्रकृया अघि बढाएको छ । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दल समेतको सहभागितामा बसेको व्यवस्थापन सहजिकरण समितिको बैठकले व्यवस्थापनका काम अघि बढाएको हो । नगरपालिकाले यसअघि सबै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको…