धुलिखेल २७ कात्तिक : प्रदेश तीनको सरकारले प्रदेशको स्थायी राजधानी र नामाङ्कन टुंगो लगाउने अन्तिम कसरत गरिरहँदा काभ्रे जिल्लाको नाम पुनः एक पटक चर्चामा आएको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले अस्थायी राजधानी तोक्दा देखिनै चर्चामा काभ्रे थियो । अब पनि प्रदेश सरकारले अन्तिम टुंगो नलगाउँदा सम्म काभ्रेको नाम चर्चामा रहिरहने निश्चित छ…