२०८३, २० श्रावण बिहीबार

महायज्ञमा १२ लाख संकलन

महायज्ञमा १२ लाख संकलन


घोराही, ६ माघ: घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा विहीवारदेखि शुरु भएको महायज्ञमा रु १२ लाख दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ मा तेस्रो दिनसम्म १२ लाख २६ हजार ६ सय ६ रुपैया दान संकलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।

महायज्ञमा सर्वाधिक सामुदायिक महिला सेवा केन्द्रले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गरेको छ । केन्द्रले महायज्ञको तेस्रो दिन शनिवार सो रकम दान गरेको हो । जसमा सञ्चालक समितिका अध्यक्ष कल्पना न्यौपाने सहित सञ्चालक समिति र कर्मचारीको समूह महायज्ञमा पुगेर रकम दान गरेको थियो । महायज्ञमा तेस्रो दिनसम्म महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीले १ लाख ११ हजार १ सय ११ रुपैया, महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगीले एक लाख १११ हजार १ सय ११ रुपैया, विद्यालयका पूर्व विद्यार्थी एवं जिल्ला न्यायाधीश लीलाराज अधिकारीले १ लाख ११ हजार १ सय ११ रुपैया, विद्यालयका पूर्व शिक्षक घोराही १३ का तोजबहादुर बुढाथोकीले ५५ हजार ५ सय ५५ रुपैया, घोराही उपमहानगरपालिका वडा नम्बर १३ का रविलाल घर्तीले ५१ हजार १ सय ५ रुपैया दान गर्नुभएको छ । यस्तै महायज्ञका आर्थिक समिति संयोजक भुपाल गिरीले रु ३१ ह्जार १ सय १५, विद्यालयका प्रधानाध्यापक बाल्मी केसीले रु ३१ हजार १ सय १५, साजिदा सिद्धिकीले रु २५ हजार ५ सय ५५, विष्णुप्रसाद भारतीले रु २५ हजार ५ सय ५५, नेपाल निवृत राष्ट्रसेवक समाज दाङले रु ११ हजार २५, गोरक्ष रत्ननाथ मावि चौघेराले रु १५ हजार १ सय दान गर्नुभएको आर्थिक समितिका केशव गिरीले जानकारी दिनुभयो ।

महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर महाराज रहनुभएको छ । महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी प्रर्दशन र धार्मिक नाटक हेर्न र सुन्नका लागि भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ । महायज्ञमा बालबालिकादेखि जेष्ठ नागरिकहरु नाच्दै दान गर्दै गर्ने गरेका छन् । विद्यालयको उद्धेश्यप्राप्तिका लागि महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक बुढाथोकीले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ७ : ५२ बजे

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले अब पिपल्स

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा