२०८३, २२ आश्विन शुक्रबार

संरक्षणको पर्खाइमा सुदूरका तालहरू

संरक्षणको पर्खाइमा सुदूरका तालहरू


अमरगढी, ६ माघ: संरक्षण नहँुदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् ।

स्थानीयस्तरबाट ताल संरक्षणका लागि समिति गठन गरी पहल गरेको भए पनि सरकारी उदासिनताका कारण संरक्षण गर्न नसकिएको आलिताल गाउँपालिका अगुवा अमर बुढामगरले जानकारी दिनुभयो । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको आलिताल गाउँपालिकाले रणनीतिक योजना बनाए पनि स्थानीयवासीको पहलमा श्रमदानबाट तीन किलोमिटर तालसम्म पुग्ने बाटोबाहेक कुनै काम हुन सकेनन्, अलितालका स्थानीयवासी भरत खड्काले भन्नुभयो ।

ताल संरक्षणमा कसैले चासो नदेखाउँदा अहिले आलिताल चारैतिरबाट पुरिन थालेको उहाँले बताउनुभयो । आलिताल डडेल्धुरा जिल्लाको सबैभन्दा ठूलो ताल हो । स्थानीय अगुवा तुलाराम बोहराले आलितालको प्रचारप्रसारमा कमी भएकाले पर्यटकीयस्थल आलितालको संरक्षण हुन नसकेको तथा पर्यटक भित्रिन नसकेको गुनासो गर्नुभयो ।

डडेल्धुराको अर्काे ठूलो नाइल तालको समयमै संरक्षण नहँुदा पछिल्लो समय अतित्व नै मेटिने भएको स्थानीयवासीको गुनासो छ । हामी ताल नजिक बस्थ्यौँ, ताल वारिबाट हेर्दा पारि देखिँदैनथ्यो, धेरै ठूलो ताल थियो । विस्तारै पहिरोले पुर्दै गएपछि ताल अहिले गर्मीयाममा सुख्खा हुने गरेको छ । भित्री मधेश क्षेत्रकै परशुराम–६ स्थित वन्डा तालसमेत हाल सुकिसकेको छ । परशुराम–१ मा पर्ने बोडा तालसमेत सुक्ने अवस्थामा छ । यस्तै बगराकोट गाविसमा पर्ने बगबरकोट ताल संरक्षण अभावमा पुरिँदै गएको छ ।

डडेल्धुरामा र कञ्चनपुरको सीमा क्षेत्रमा रहेका बेतकोट ताल, भिलमिला ताल, डडेल्धुरा डोटी सीमामा पर्ने छतिवन ताल, अछाम जिल्लामा रहेको रामारोशन ताल र बझाङ जिल्ला र दार्चुलाको सिमानामा पर्ने सुर्मासरोवर अहिले संरक्षणको अभावमा तालका अकार घट्न थालेको प्रति स्थानीय अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । सुदूरपश्चिमका चर्चित घोडाघोडी तालदेखि शुक्लफाँटा आरक्षभित्र रहेको रानी ताल, खप्तड राष्ट्रिय निकुञ्जभित्र रहेको खप्तड दहलगायतका अधिकांश तालतलैया पुरिन थालेको स्थानीयवासी बताउँछन् । सुदूरपश्चिममा रहेका मनोरम र रमणीय तालहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने हो भने यहाँका युवा विदेश पलायन हुने अवस्था नआउने डडेल्धुरा उद्योग वाणिज्य सङ्घका महासचिव भोजराजज भट्टले बताउनुभयो ।

व्यवस्थितरुपमा स्थानीय तालहरुको संरक्षण गरी पर्यटन विकासमा जोड दिने हो भने यहाँका युवालाई रोजगारीको अवसर जुट्ने उहाँले बताउनुभयो । यस क्षेत्रका ताल क्षेत्रमा सडक विस्तार भइसकेकाले सडकबाट १५ मिनेटदेखि तीन घण्टासम्म पैँदल दूरीमा पर्दछन् । ताल संरक्षणका लागि जिल्ला विकास समिति कार्यालय डडेल्धुराले कुनै पनि कार्यक्रम नल्याएको स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डेयले बताउनुभयो । प्रचुर पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिमका पर्यटकीयस्थल ताल, धार्मिकस्थल र सुदूरपश्चिम क्षेत्रको दार्चुलामा पर्ने अपी हिमाल र बझाङ जिल्लामा पर्ने साइपाल हिमालसमेत ओझेलमा परेका देखिन्छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ८ : ०५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य